Nepali Literatures


  • बिर्खेको लोडसेडिङ्ग डायरी

     
     बिर्खे। न्वारानको नाम। अहिले विक्रम। पढाई मध्यम। कक्षा ४ देखि कमल इज अ शप्किपरबाट अंग्रेजी पढ्न थाल्यो। गाउँको प्राथमिक विद्यालय सक्यो। मट्टीतेल हुँदा बेलुका पढ्न पायो। कहिले दियालो बाल्यो। दिनभरको चकचक। के पढ्नु टुकी र दियालोको धिपधिप उज्यालोमा। निधार खुम्चाएर बल्ल बल्ल अक्षर छिचोल्नु पर्ने। हाई काढ्दै सुत्यो। अहिले हाम्रा छोराछोरीलाई जस्तो 'होमवर्क गर ।
     
    'बिजुली आएर हैरान छ दाइ। डोरी लाहुरेले हैरान पारे' जंगेले भन्यो। 'ओइ तोरी लाहुरे भनेको त सुनेको थिएँ। यो डोरी भनेको के हो?' विक्रमले सोध्यो। 'हो दाइ तपाईंले भनेको ठिक हो। अहिले अरब, कतार, मलेसियाबाट आउनेलाई डोरी लाहुरे भन्छन,' जंगेले भन्यो। Read more »
  • Nepali Story – भुन्टी

     

    आमा हजुर कहिले आउनु हुन्छ? नर्सरी पढदै गरेकी छोरीले सोधिन्।

    तिमी कक्षा तिनमा पुग्दा।

    छेवैमा बसेका छोराले हातको औला भाँच्दै भन्यो- ए म त त्यतिबेला कक्षा पाँचमा पुग्छु

    हगी आमा ?

    सुन्तलीले टाउको हल्लाइन्।

    कुन देशमा हो नि हजुर जाने ?

    इजरायल

    Read more »
  • Nepali Story - उल्टो कोट - कृष्ण प्रर्साई

    सिगरेटको अन्तिम सर्को तानेर निखि्रसकेको ठुटोलाई छेउकै खाली भूइँमा फ्याँकिसकेपछि पुरानो फाटिसकेको जुत्ताले किचेर निभाउदै लामो सास तानेर काकाले भने “मेरो पुरानो प्रतिज्ञा लाई पुनः र्जीवित पार्दै आजैदेखि फेरि मैले आफ्नो कोट उल्टो लगाउने निधो गरेँ।” यति भनिसकेपछि तत्कालै उनले आफ्नो पुरानो इष्टकोट उल्टाए र सहज रुपले आफ्नो शरिरमा लगाए।


    रत्नबहादुर कार्की अर्थात रत्नकाकालाई मैले आजभन्दा पैँतीस वर्ष अघि पश्चिम वंगालमा पर्ने शिलगडी शहरको प्रधाननगर भन्ने ठाउँमा पहिलो पटक देखेको थिएँ। त्यतिखेर उनले आफ्नो इष्टकोट उल्टो लगाएको देखेर मैले मेरा आफ्नै काकासँग यसवारे जिज्ञासा राखेको थिए। मेरा काकाले सहज रुपमा भन्नु भएथ्यो। “२०१७ सालअघि रत्नदाई प्रजातन्त्रका प्रवल हिमायती हुनुहुन्थ्यो र पार्टीगत व्यवस्थाको सकृय सदस्य रहेर कांग्रेस राजनीतिमा होमिनु भएथ्यो। सत्र सालको राजनैतिक काण्डको विरोध गरे वापत उहालाई पक्राउ पुर्जी आउँदैछ भन्ने थाहा पाएपछि एकाएक पलाएन भएर उहाँ भारत पस्नु भयो। त्यतिखेर व्यवस्था विरोधीलाई “अराष्ट्रिय तत्व” भनेर तत्कालिन व्यवस्थाका हिमायतीहरुले भन्ने गरेका थिए। व्यवस्था विरोधी जो कोहीलाई अछुत झैँ सम्झने तत्कालिन सासन व्यवस्थाले धेरैलाई आफ्नो वसमा पारे। कत्तिका घरजग्गा सरकारीकरण भए। धेरैलाई विभिन्न जालसाँजी मुद्दा लगाएर आफ्नो ठाउँबाट उठिवास लगाईयो। धेर थोर नगद हुने र आफ्नो थोर बहुत जमिन हुनेहरु टुक्राटाक्री जमिन बेचेर समेत प्रवासिए। कोही टाढाकै मुग्लान पसेर लापत्ता भए जसको पछि सम्म खवर रहेन। रत्नदाई तिनै मध्येका एक इमान्दार कार्यकर्ता थिए जो आफ्नो भए भरको जायजेथा आफ्नी श्रीमती र नाबालक छोराछेारीलाई जिम्मा लगाएर भारत भास्सिएका थिए। रत्नदाई तिनै मध्येका एक सहयोगी प्रजातन्त्रप्रेमी कार्यकर्ता थिए जो आफ्नो प्रवाशी नेतालाई राति–राति सिमा वारी आएर सिमाना नजिक घर रहेका नेताहरुका घरबाट खाने चामल, फलफूल र कुखुराका अण्डाहरु ओसारेर पुर्‍याउथे। रत्नदाई तिनै मध्येका एक व्यवहार कुशल मान्छे थिए। जो प्रवाशित नेताहरुका नेपालतिरका सम्पूर्ण व्यवहारहरु भूमिगत रहेर नेपालमै मिलाउने गर्दथे। उनले गर्ने यी सब काम निःशुल्क थिए। रत्नकाका तिनै मध्येका एक त्यागी र प्रतिज्ञारत कुशल योद्धा थिए जसले प्रजातन्त्रको हरण पछि पुनः नेपालमा प्रजातन्त्र नफर्काउन्जेल सम्म सुल्टो कोट लगाउँदिन भनेर किरिया खाएका थिए।”

    Read more »
  • Nepali Story - Madhuwan Paudel - Palayan Ko Pida

    इस्ट नदीपार िम्यानहटन सहर धपक्क बलेको छ । कहालीलाग्दो लोडसेडिङ् खपेर आएको उसलाई यो झिलीमिली र वैभव्यले अनौठो लागेको मात्र होइन, एउटा बेग्लै अनुभूति पनि भएको छ । तब न सबै जना यहाँ आउन लालायित हुने होलान् ! उसका आँखामा काठमाडौँको अमेरकिी दूतावासअगाडि पाल टाँगेर लाघ्रे हुँदै महिनौँ बिताउने जमातको तस्िबर नाच्न थाल्छन्, "ती डीभी चिट्ठा पीडितहरू !"


    तल इस्ट नदीको पानीमा टल्किरहेका गगनचुम्बी महलहरूको झिलीमिली पनि उत्तिकै आकर्षक थियो, आधा हिउँ पग्लेर आधा जति खाल्डा खोबिल्डामा बाँकी रहेर सडकको बत्तीको उज्यालोमा टल्किरहेका थुप्राहरू

    Read more »