Nepali Story - Madhuwan Paudel - Palayan Ko Pida

इस्ट नदीपार िम्यानहटन सहर धपक्क बलेको छ । कहालीलाग्दो लोडसेडिङ् खपेर आएको उसलाई यो झिलीमिली र वैभव्यले अनौठो लागेको मात्र होइन, एउटा बेग्लै अनुभूति पनि भएको छ । तब न सबै जना यहाँ आउन लालायित हुने होलान् ! उसका आँखामा काठमाडौँको अमेरकिी दूतावासअगाडि पाल टाँगेर लाघ्रे हुँदै महिनौँ बिताउने जमातको तस्िबर नाच्न थाल्छन्, "ती डीभी चिट्ठा पीडितहरू !"


तल इस्ट नदीको पानीमा टल्किरहेका गगनचुम्बी महलहरूको झिलीमिली पनि उत्तिकै आकर्षक थियो, आधा हिउँ पग्लेर आधा जति खाल्डा खोबिल्डामा बाँकी रहेर सडकको बत्तीको उज्यालोमा टल्किरहेका थुप्राहरू


र नांगा रूखहरू पनि म्यानहटनको झिलीमिलीले गर्दा आफ्नै प्रकारले आकर्षक देखिन्छन् । अक्टोजेन भवन भनेर चिनिने आवासीय घरको दुईतिर देखिने अलगअलग पुलहरूमा बत्तीको प्रकाशले गर्दा दिउँसोभन्दा बढी नै खुलेजस्तो लाग्थ्यो । अलि पर एउटा विशाल भवन उभिएको, पानीको माझमा छुट्टै । एउटा बेग्लै वास्तुकलालाई प्रतिनिधित्व गर्ने त्यो भवन त जेल अर्थात् विशेष प्रकारको कारागार हो भन्ने सुन्दा उसलाई आश्चर्य पनि लाग्छ । अनि, उसका आँखाअगाडि बीभत्स अवस्थामा रहेको नख्खु जेल, केन्द्रीय कारागार र डिल्लीबजार खोर र त्यसपछि किताबमा पढेका तीभन्दा पनि गएगुज्रेका कारागारहरू नाच्न थाल्छन् ।
यो जादुनगरी, यो सपनाको संसारमा ऊ यसपटक पसेको दुई साता पनि बितेको छैन, उसले काठमाडौँको जताततै देखिने फोहोरको डंगुर बिर्सिएको छैन, न त उसले बस बिसौनीमा सडक नै बन्द गर्ने गरी तीन-चार लाइनमा जबरजस्ती यातायात रोकिरहेका टेम्पो, माइक्रोबस र मिनीबस अनि तिनैभित्र छिर्न आतुर हूललाई आँखाबाट हटाउन सकेको छ । हिजै त हो नि ऊ पुलपार िगएर बस चढेको, मान्छेहरू एकअर्कालाई रत्तिभर स्पर्श नगरी लाइन लागेका ! ऊभन्दा तीन यात्री अगाडि उभिएकी एउटी गोरी केटीलाई अपि|mकन-अमेरकिन बस चालकले खुद्रा सिक्का र मेट्रो टिकट नभएका कारणले ओरालिदियो, देख्दा बिरामीझैँ लाग्ने त्यो बिचरीले लाइनमा उभिएका अरू दुई जनासँग गुहारेर सिक्का जम्मा गरेर फेर िबसभित्र चढी । भास्करलाई अनौठो अनुभव भएको थियो । नेपालमा भए कि त त्यो केटी बिनाटिकट यात्रा गर्ने भाग्यशाली हुन्थी, कि त बस चालक अन्य सहयात्रीको आक्रोशको सिकार हुन्थ्यो । कहाँ पाउनु त्यस्तो अनुशासित र कानुन मान्ने मान्छेहरू आफ्ना देशमा ?
भास्कर २१औँ तल्लाको आफ्नो कोठाको बरण्डाबाट न्युयोर्क सहरको झिलीमिली र आफू बसेको टापुको दुवैतिर हावाले हुत्याएर बगाएको इस्ट नदीको पानीको बहावको आनन्द लिइरहेको थियो । आजै कामबाट चाँडो आउनु अनि अनुशीला कामको खोजीमा बाहिर निस्केकीले ऊ घरमा एक्लै थियो । अनुशीलाले काम पनि पाउने हो कि होइन ! आफ्नो देशको एमएको डिग्रीले यो ठाउँमा केही माने अर्थात् मूल्य नराख्ने रहेछ । भास्करलाई दुई वर्षअगाडि आफ्नो मेधावी भतिजोले दुखेसो पोखेको सम्झना हुन्छ ।
"के गर्नु अंकल ! छानिएको त थिएँ तर एक जना को हो कुन्नि ! अमेरकिामा ग्रायजुएट गरेर आएको रे ! उसलाई पो लिए त ! हेर्दा त त्यति तेज देखिँदैनथ्यो, के विशेषता देखे कुन्नि !"
भास्करको भतिजो कलेज टप गरेको र सबै कुरामा तेज थियो । तर, त्यो नाम चलेको गैरसरकारी संस्थामा जागिर खाने उसको धोको पुगेन । भास्करले पनि केही गर्न सकेन । उसलाई कहिलेकाहीँ आत्मग्लानि हुने गथ्योर्े । एमए पास उसकी स्वास्नीलाई सानोतिनो पसलमा क्यासियरको जागिरमा पनि यो ठाउँमा कसैले पत्याएन !
भास्कर र अनुशीला भर्खरै डीभी चिट्ठामा न्युयोर्क छिरेका थिए । सडक विभागको जागिर भए पनि सरकार फेरएिपिच्छे भकुन्डोजस्तो भएर ठाउँठाउँ चहाररिहेको उसलाई यो संयोग परेको थियो, त्यो पनि उसकी पत्नी अनुशीलाको कारणले ! भास्करले इस्ट नदीम्ाा छचल्किरहेको पानीमा आफ्नो सेवा निवृत्त हुन लागेका शिक्षक बाबुको अनुहार नाचेको देख्छ, हिँड्ने बेलामा डबडबाएका आँखा लिएकी आमा, अति भर्खरै अन्मिएर गएकी बहिनीको मलिन मुख !
"तेरो राम्रो होस् ! हामीले के भन्ने अब !"
"आउलास् नि दुई-चार वर्षमा बाबु !"
"भाउजूले त कलेजमा बिदा मात्र लिनुभएको होइन ?"
त्यतिबेला भास्करको भक्कानो नछुटेको पनि होइन तर हिँड्ने बेलामा आफैँले त्यसो गर्दा के गर्लान् भनेर उसले आफूलाई सम्हालेको थियो ।
पहाडबाट राजधानी छिरेको सानो परविार थियो उसको । बाबु विभिन्न कारणले निजामती जागिरमा छिर्न सकेनन् तर उनको मास्टरी पेसा राम्रै चलेको थियो, स्कुल ट्युसन आदि गरेर राम्रै गरेका उनले झन् भास्करले पढाइ सकेर सरकारी इञ्जिनियरको जागिर पाएपछि त निकै राम्रो थियो ।
बाहिर अँध्यारो हुँदै थियो अनुशीला अझै आइपुगेकी थिइन् । हिजै उनीहरूको कुरा भएको थियो, कसै गरी भए पनि यतातिरको डिग्री नभए तालिम लिइहाल्नुपर्‍यो !
अहिले भास्करको जागिर राम्रै भए पनि पछिको के ठेगान ? यत्रो आर्थिक मन्दी छ ! बसाइ पनि त सधँै अहिलेजस्तै गाँस्िसएर बस्न त गाह्रो होला ! आदि आदि । हिजै एउटा पुरानो साथीले भास्करलाई भन्दै थियो ः
"पहिले अमेरकिा आउन आतुरी, त्यसपछि काम पाउन आतुरी, काम पाएपछि राम्रोसँग बस्ने आतुरी अनि यहाँकै जीवनशैली अनुसार साधनसम्पन्न हुने आतुरी, त्यसपछि केटाकेटीलाई राम्रो शिक्षा दिने आतुरी, के के आतुरी के के !"
हुन पनि कुनै न्यूनतम आवश्यकता नभएको समाजजस्तो लाग्छ, भास्करलाई अमेरकिाको समाज । दुई दिनअगाडि मात्र पल्लो फ्ल्याटमा बस्ने सामान्य देखादेख भएकी एउटी केटीको कुरो सुन्दा छक्क परेको थियो । पेसाले मोडेल त्यो केटी छ-सात महिना अगाडि मात्र कुनै कम्पनीसँग आबद्ध भएर त्यहाँ बस्न आएकी रे ! त्यसपछि उसले अर्कै राम्रो ठाउँमा सम्बन्धन हुने अवसर पाइछ अनि त आफ्ना सबै कुरा त्यहीँ छाडेर अर्थात् मिल्काएर म्यानहटनमा बस्न गई रे नयाँ कम्पनीको फ्ल्याटमा ! हारालुछ गरेर उसका सामान त्यो बिल्डिङ्का कामदारले लगेछन् ।
भास्करले आफ्नो संसार सम्झिन्छ । उसको बाबुको कोठामा ३० वर्ष पुरानो टेबुल त्यसै सजिएको थियो अनि उसको आफ्नै बुक र्‍याक आईएस्सी पढ्दा किनेको । तर, ती र अरू केही सामान पनि फ्याँकिदिने उदारता उसको समाजले मान्दैन । आमाले कुन जुगको कीटको कराहीमा अझै साग झ्वाइँ पार्दै थिइन्, बाबुले सायद राजा वीरेन्द्रको राज्याभिषेकको कालो कोट पनि यदाकदा लगाएर हिँडेकै थिए ।
ढोका खुलेको आवाजले भास्करको ध्यान कोठातिरै फर्किन्छ ।
"ए ! आइसकेको ? निकै थाकियो आज त ! कति भीड सब वेमा यो बेला त !"
अनुशीला कोठाभित्र छिरसिकेकी थिई ।
"भयो त ?"
"तीन दिनको पैसा दिन्न भन्छ, आठ डलर दिन्छ रे घन्टाको, साताको पाँच दिन !"
"ठिकै छ नि ! त्यति भयो भने एउटा स्टुडियो (एक कोठाको फ्ल्याट) लिनुपर्ला रजिबुड्तिर भए पनि ।" रजिबुड् म्यानहटनबाट अलि टाढा नै छ ।
"त्यति टाढा नजाने कि ?"
उनीहरूलाई गाँस्िसएर बसेको ठाउँ छाडेर आफ्नै ठाउँमा सर्ने आतुरी थियो । आफू स्थापित नहुँदासम्म अझ कुनै उपाय पनि त हुन्न नि ! तर, यो त अमेरकिा प्रवासको एउटा जीवन पद्धति नै रहेछ । डेरामा एउटै भान्छा र अझ एउटै फ्रिज बाँडेर बस्ने भन्ने कुरो आफ्नो देशमा अलि उदेक लाग्ने भए पनि यता त बाध्यता पनि छ नि !
"छिरङिका बूढाबूढी कतिबेला आउँछन् ? खाना पो बनाउने हो कि ?" अनुशीला लुगा फेर्दै थिई ।
छिरङि, भास्करको पुरानो मित्र, बास र गाँस अर्थात् दुवै चीजको प्रबन्ध गरििदने मान्छे ! उनीहरू कलेजमा सँगै थिए तर व्यापारी बाबुको छोरो छिरङि त्यसपछि अमेरकिा छिरेको थियो, अहिले त राम्रै ठाउँमा जागिर र सुविधासम्पन्न भएर बसेको छ !
"तीन महिनाजति बस् न, त्यतिबेलासम्म त एउटा व्यवस्था भइहाल्छ नि !" भास्कर आइपुगेको दिन छिरङिले त्यसो भनेको थियो ।
"भइहाल्छ नि ! बरु एक-एक कप कफी खाने हो कि ?"
यति भनेर भास्कर फेर िबरन्डातिर लाग्छ । म्यानहटनको झिलीमिली र इस्ट नदीको निरन्तर बहाव उस्तै थियो । न्युयोर्क सहरको तीनवटा बोरो (इलाका) जोड्ने ट्राइबोरो पुलको रंगीचंगी बत्तीको झिलीमिली झन् बढ्दै थियो । नदीको किनारामा डुल्ने मान्छेहरूको भीड भने केही कम भएको थियो ।
"आज फोन गर्ने हो कि ?"
"काममा जाउँ अनि एकैपल्ट गरौँला नि !"
"त्यसो भए भोलि गर्नुपर्ला, बहिनीको जन्मदिन पनि हो ।"
भास्करलाई अनौठो असमञ्जस भइरहेको छ । नयाँ ठाउँ, नयाँ घर, नयाँ जागिर मात्र नभएर नयाँ जीवन पद्धति बनाउनुपर्ने बाध्यता छ उसलाई । परविार र समाजको बढी चिन्ता गर्ने मनोवृत्तिबाट टाढा भएर व्यक्तिवादी जीवन पद्धति अँगाल्नुपर्ने बाध्यता छ उसलाई । ऊ आफैँलाई थाहा छैन आफ्नो जीवन पद्धतिको यो आमूल परविर्तनलाई उसले कतिसम्म आत्मसात् गर्न सक्ला !

नेपाल साप्ताहिक २५९

 

 

Post your comment

Comments

Be the first to comment

Related Articles