बिर्खेको लोडसेडिङ्ग डायरी

 
 बिर्खे। न्वारानको नाम। अहिले विक्रम। पढाई मध्यम। कक्षा ४ देखि कमल इज अ शप्किपरबाट अंग्रेजी पढ्न थाल्यो। गाउँको प्राथमिक विद्यालय सक्यो। मट्टीतेल हुँदा बेलुका पढ्न पायो। कहिले दियालो बाल्यो। दिनभरको चकचक। के पढ्नु टुकी र दियालोको धिपधिप उज्यालोमा। निधार खुम्चाएर बल्ल बल्ल अक्षर छिचोल्नु पर्ने। हाई काढ्दै सुत्यो। अहिले हाम्रा छोराछोरीलाई जस्तो 'होमवर्क गर ।
 
'बिजुली आएर हैरान छ दाइ। डोरी लाहुरेले हैरान पारे' जंगेले भन्यो। 'ओइ तोरी लाहुरे भनेको त सुनेको थिएँ। यो डोरी भनेको के हो?' विक्रमले सोध्यो। 'हो दाइ तपाईंले भनेको ठिक हो। अहिले अरब, कतार, मलेसियाबाट आउनेलाई डोरी लाहुरे भन्छन,' जंगेले भन्यो।
 
 
टिभीमा कार्टुन नहेर, टिफिन के चाहियो?' बाआमाले भन्ने जमना थिएन।बाल्यकाल यस्तै भो बिर्खेको। कक्षा ५ उत्तीर्णसँगै घर छोड्यो। उसो त कक्षा ५ उत्तीर्ण हुँदा लक्का जवान भएको थिएन। प्वाक्क गाला। मोटेमोटे। लखनी चप्पल, हाफ जाँगे। निलो रंगको कमिज। स्कुलको ड्रेस हो यो। जहिल्यै त्यही भिरेको भिर्यैइ। चेलपार्क मसीको सीसीमा मट्टीतेलमा बाती राखेर टुकी। त्यो सुविधा अलिक तल सानो बजार छेउमा स्कुल भएकाले। सीसीको टुकीमा सेतो कागजले बारेपछि बढि उज्यालो हुन्छ विज्ञान पढ्दा थाहा भयो। कापी च्यातेर टुकीको ज्वाला जाने ठाउँ घेरा पार्योि। टुकीको ज्वालाले कालो हुने। बेलाबेला फेर्नु पर्थ्यो।

त्यही बेला हातभरी कालो लाग्दो रैछ। कमिज, कान, नाक जहाँजहाँ छोयो। सबै ठाउँमा कालो लाग्दो रहेछ। बिर्खेको मुखमा जहिल्यै कालो लाग्ने। कमिजमा जहिल्यै कालो लाग्ने। बिहान श्रीमान गम्भीर नेपाली.... पुरानो राष्ट्रियगानको गाउँदै लाइन लाग्नु पर्ने। सुमन सर। सुकिला मुकिला। असाध्यै कडा स्वभावका। त्यतिबेला कताकताबाट बिर्खे विक्रम भइसकेको थियो।

'विक्रम आज पनि ऐना हेरिनस्?' सुमन सरको बोली आउँदा छेउकै साथीहरु गलल हाँस्ने।
रातो मुख लगाउँदै बिर्खेले आफ्ना प्वाक्क परेका गाला छाम्नु बाहेक के विकल्प? ग्राउन्डको छेउमा कलधारामा गएर हतार हतार मुख धुने। त्यही निलो रंगको कमिजले स्याप्प मुख पुछ्यो । पहिलो घन्टि ट्याङ्ग लाग्दा साथ कक्षा कोठाभित्र पस्यो।
...

विक्रम काठमाडौं छिर्यो। सरकारी क्याम्पसमा भर्ना भयो। राजनीति गाउँमा अलेली जान्यो। विक्रमकै पालामा दुई स्थानीय, तीन संसदीय, एक संविधानसभाको चुनाव बेहोर्योअ। उसमा अलेली राजनीतिक चासो पलायो। कुनै एक पार्टीको कार्यकर्ता बन्यो। खै कुन्नी पछि उ विस्तारै राजनीतिबाट टाढा भयो । बुझ्न चाहिँ छाडेन ।

काठमाडौंमा विक्रम निक्कै रमायो। उ बेला भलिबलको चलन। फुच्चे भए नि खुब खेल्थ्यो। अलिक जोश बढि भएको। क्याम्पसमा भन्थे 'यो मुला फुच्चे विक्रमको टोलीलाई कसैले न छोउ। डर लाग्दा छन् सानासाना भए नि।'

उ पाटन पढ्ने। भलिबल खेल्न आरआरसम्म आउँथ्यो सधैं। जित्दा उन्माद खुशी। त्यस दिन विक्रमको टिमले एभरेष्ट मःम र कोक खाएर डकार छोड्थ्यो। सुप मुखमा च्याप्यो । हारेको दिन मःम पसल छेउबाट थुक निल्दै हिड्थ्यो। त्यसबेला अहिले जस्तो १२ घन्टा लोडसेडिङ्ग हुँदैनथ्यो।
अहिले जस्तो छ्यासछ्यास्ती च्यानल थिएन। हेरेपनि नहेरे पनि नेपाल टेलिभिजन मात्रै। नेपाली टेलिभिजनमा बुधबार आउने ट्वाक्क टुक्क, शुक्रबार आउने सन्तोष पन्तको हिजो आजका कुरा। कहिले साझा चढ्थ्यो त कहिले विक्रम ट्याम्पो। विक्रम नाम जुधेकाले मनमा खुब कुतकुती लाग्थ्यो। यो विक्रम ट्याम्पो। त्यसमाथि गाउँको बिर्खे, अहिले विक्रम चढेको हाहाहाहा मनमनै हाँस्थ्यो पनि।
.......
गाउँ जाँदा सदरमुकामसम्म साझा बस। पाटनबाट राति ३ बजे उठेर आउँथ्यो सुन्धारासम्म टिकट लिन। त्यसमा विद्यार्थी छुट। गाउँ घरमा गएर साझामा आको नि भन्न बिर्खेलाईको घमन्ड। केही समयपछि पुल्चोकबाट टिकट पाउने भयो। त्यसपछि क्याम्पस नजिक, डेरा नजिक उसका लागि के चाहियो? साथी भाइलाई गफ दिन्थ्यो। 'साझाको काउन्टर त म बस्ने सँगै त हो नि? म पढ्ने क्याम्पस नजिकै त हो नि।'

दिन बित्दै गए। माओवादीको सशस्त्र संघर्ष बेस्सरी चल्यो। यो या त्यो अर्थमा विक्रमलाई न छुने कुरै भएन। सिंगो देश, समाज, संस्कृति, उद्योग, शिक्षा, व्यावसायलाई माओवादी सशस्त्र संघर्षले छोयो। विक्रम केही डाँडा, खोल्सा, भिर पाखा गर्योल त्यो बीचमा। बेलाबेला गाउँ जान्थ्यो। गाउँमा उसले पुराना कुरालाई खुबै वर्णन गर्थ्यो।

विक्रम एक दिन गाउँ गयो। गाउँमा त गाडी पुगेछ ! अर्को पटक जाँदा मोवाइल सेवा पुगेछ। पछिल्लो चोटी जाँदा उसकै गाउँमा बिजुली बलेको देखेछ। डाँडाबाट तलतिरको गाउँ हेर्दा झिलिमिली। माथि पाखो गाउँ उस्तै झिलिमिलि। यस्तो देख्यो उसले जंगल छेउका साना घर रुखका हाँगामा बिजुली बलेको देख्यो। रुखमा बलेका बिजुली त क्रिसमसमा सजाइएको रुखमा बलेका चिम जस्तो लाग्यो उसलाई ।

आफै चिमट्यो । आफैँले आफैलाई प्रश्न गर्योस, 'ओई हिजोको बिर्खे। यो तेरो गाउँ हो?' बाटो उही छ। घर केही थप भएका छन्। गाउँमा पुग्यो। तल्ला घरे जंगे बढेर ठूलै भएछ।'

'बिजुली आएर हैरान छ दाइ। डोरी लाहुरेले हैरान पारे' जंगेले भन्यो।
'ओइ तोरी लाहुरे भनेको त सुनेको थिएँ। यो डोरी भनेको के हो?' विक्रमले सोध्यो।
'हो दाइ तपाईंले भनेको ठिक हो। अहिले अरब, कतार, मलेसियाबाट आउनेलाई डोरी लाहुरे भन्छन,' जंगेले भन्यो।
'किन?'
'दाइ उनीहरुले सुटकेस पुरै डोरीले बाँधेर ल्याउँछन्। त्यही भएर डोरी लाहुरे भनेको नि', जंगेले बेलिविस्तार लगायो। 'हँसाइस मोरा', विक्रमले खित्का छोडेर हाँस्यो। रातैभर टेप बजाएर हल्ला गरेकाले जंगेलाई झोक चलेर डोरी लाहुरे भन्ने गरेको रहेछ।
.....
डाडाँ घुम्दै गर्ने विक्रमको बानी। लक्ष्मी पुजाको दिन विक्रमसहित केही साथी मिलेर लाकुँरी भञ्ज्याङ्ग गयो। त्यहाँबाट काठमाडौं हेर्यो्। ओहो झिलिमिलि। गफ दियो विक्रमले। मेरो गाउँ सानै भए नि यस्तै देखिन्छ। साथीहरुले 'थुइक्क मुला गफ पनि अलिक सानो दे न हो। खाली काठमाडौंको जीवनशैलीसँग आफ्नो पाखो बारीको तुलना गर्छस्?'

विक्रम चुप। २०६२/६३ आन्दोलनमा विक्रम सक्रिय सहभागी बन्यो। सात दल, माओवादीबीचको १२ बुँदे सहमतिदेखि उसलाई झन चासो पस्यो। सात दलले ब्ल्याकआउट कार्यक्रम राख्यो। टोल, छरछिमेक, डेरावालालाई सम्झायो विक्रमले। 'ल है आज ७ बजेदेखि ५ मिनेट ब्ल्याक आउट गर्नुपर्छ।'

वरपर सबैले ब्ल्याक आउट गरे। छतमा गएर काठमाडौं नियाल्यो। पुरै सिठ्ठी फुकेको आवाजसँगै काठमाडौं अँध्यारो भयो । एयरपोर्टमा बलेको झिमिकझिमक बत्ती बाहेक अरु केही देखिएन।
विक्रम यसपाली यसो छतमा गएर काठमाडौं नियाल्छ। केही देख्दैन। काठमाडौं अँध्यारो छ। तै विसेक देख्यो। त्यही पनि योमरी पूर्णिमाका कारण। १२ घन्टा लोडसेडिङ्गको मारले विक्रम गाउँ सम्झयो। एक छिन मोबाइलमा गीत सुन्यो। व्याट्री सकिएछ। मोवाइल सेट टुइटटुइट गर्न थाल्यो।

नौ बजे विक्रम कहिल्यै सुत्दैन। छतमा गयो। यसो काठमाडौंलाई हेर्योट । शाही सरकारका लागि आन्दोलन स्वरुप हो त? हैन। आफैँ प्रश्न। आफैँ उत्तर। विक्रमले यसो गम खायो। 'चिसो छतमा कति बस्छस् यार। जा तल सिरकमा पस।' गुजुल्टियो सिरकमा।

सिरकभित्रैबाटै उसले आफ्नो डायरी मनमा कोर्योम। वारी डाँडाबाट देखिने उसको झिलिमिलि गाउँ। बत्ति आए लगत्तै गाउँ जाँदा उसका फुपा ज्युसँगको सम्वाद विक्रमलाई याद आयो।
'भदै यसपालीको पेन्सनले बिजुली किनेँ,' फुपा ज्युले भने।
'किन पुसै?' विक्रमले भन्यो।
'झाराटन्टा (गाउँका लागि सामूहिक काम) गर्ने मान्छे थिएनन्। त्यो बराबर पैसा दिएँ भदै।'
'कति पर्यो ?'
'पैतीस हजार।'
'राम्रो गर्नुभयो।'
रसिला फुपा ज्युले भने 'हाहाहाहा भदै खुब रमाइलो। एक हप्ता त कुखुरा खोलेस(खोर)मा आएनन्। आआआ भन्यो कुखुरा त जंगलतिर पो जान लागे बत्ति देखेर।'
'किन फुपा ज्यु।'
'कस्तो कुरा नबुझेको घर वरपर, जंगल छेउ छाउँ नै उज्यालो भएपछि किन बास बस्ने त? कुखुराको जात त लोभी हो नि जति चारो खाए नि अघाउन्न।'

छेउको मन्दिरमा घन्टी टुङ्टुङ्को आवाजले विक्रम झसंग भयो । विहान ७ बजिसकेको रहेछ। आँखा मिच्दै उठ्यो। बत्ति बाल्न खोज्यो थाहा भएन। कति बजे आयो। कति बजे गयो। लु भनेर गाँउको बिर्खे गाउँलाई सम्झदै आज विक्रम बनेर माइक्रो चढ्यो। 
 
Source: http://nagariknews.com/blog/story/56 

 

Post your comment

Comments

Be the first to comment

Related Articles